घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ भदौ १० गते ११:५९ मा प्रकाशित

काठमाण्डु, १० भदौ– आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य तोलामा २०० ले घटेको हो ।

जसअनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार १०० र तेजाबी सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ३०० र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य स्थिर कायम भएको छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us