३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ भदौ ६ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– साताको पहिलो नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा झरेको छ ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र चाँदी एक हजार १९५ रुपैयाँ कारोबार भएको थियो । यस्तै आज यता तेजाबी सुनको मूल्य समेत ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us