ओलीले पार्टीलाई आज जुन दुर्दशामा पुर्याूउनुभएको छ, त्यसलाई उठाउन धेरै समय लाग्नेछः माधव नेपाल

देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो

काठमाण्डु टुडे २०७८ भदौ १ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, १ भदौ– नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सत्तामा गएपछि ओलीमा दम्भ आएको र सबै मैले नै गरे भन्ने अहङ्कारको भावना आएको बताएका छन् ।

मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘उहाँमा नराम्रो ढङ्गले व्यक्तिवाद विकास भयो ।

त्यो प्रवृत्ति निरङ्कुश रूपमा विकास भयो । उहाँको आलोचना गर्नेहरू उहाँको विरोधी बन्न थाले । उहाँलाई साथ दिनेहरू टाढिदै गए । ओलीले पार्टीलाई आज जुन दुर्दशामा पुर्याूउनुभएको छ, त्यसलाई उठाउन धेरै समय लाग्नेछ ।

राम्रो काम गर्ने , केही गरेर देखाउने ठाउँबाट पार्टी धेरै पछाडि पुगेको छ । दुई तिहाइबाट आज पाटी ८३ सिटमा झरेको छ । उहाँले त्यसबारे कहिले पनि आत्मालोचना गर्नुभएन । देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो ।

उहाँले एक समय देश भक्तिको झण्डा उठाउनुभएको थियो, विदेशीसँग मध्यरातमा भेटेर त्यसलाई पनि फाल्नुभयो । आज यो पार्टी गणतन्त्र विरोधी हो कि जस्तो भएको छ । राजावादीहरू फेरी राजतन्त्र स्थापित हुन्छ कि भनेर खुसी भएका छन् ।

उहाँका नजिककाहरु अहिले सङ्घीयताको विरोध गरिरहेका छन् ।’ पार्टीमा दुई नेताबीच विवाद नभएर दुई विचार समूहको विवाद रहेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us