सुनको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७८ भदौ १ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, १ भदौ– भाद्र– महिनाको सुरुवाती दिन नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २१० रुपैयाँ प्रतितोला पुगेको छ ।

गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य थप ४०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९० हजार ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us