५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ साउन २२ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, २२ साउन– साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँले घट्दै शुक्रबार ९१ हजार ५०० रुपैयाँमा झरेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य समेत अधिकतम २० रुपैयाँले घट्दै विहीबार प्रतितोला एक हजार २६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us