प्राधिकरणमा कुलमान आउने चर्चाले उचालियो हाइड्रोपावरको सेयर

काठमाण्डु टुडे २०७८ साउन २० गते २०:२१ मा प्रकाशित

काठमाण्डु, २० साउन– शेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले बढेको छ ।

नेप्से १२.५ अंकले बढेर ३ हजार १ सय २३.१५ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । बजार समग्रमा बढे पनि लगानीकर्ताको आकर्षण बढेका कारण जलविद्युत समूह ५. ८१ प्रतशतले बढेको छ ।

जलविद्युतबाहेक बाणिज्य र विकास बैंक, वित्त कम्पनी, उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक वृद्धि भयो । कुल २ सय २५ कम्पनीको १ लाख ४४ हजार ८ सय ८७ वटा कम्पनीका २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच भएको छ । यस्तै बजारमा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुलमान घिसिङ पुन नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुने चर्चाका कारण हाइड्रोपावरमा लगानीकर्ताको आकर्षित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us