सुनको मूल्यमा सामान्य गिरावट

काठमाण्डु टुडे २०७८ साउन २० गते १२:०८ मा प्रकाशित

काठमाण्डु, २० साउन– बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us