थप ३३८३ जना संक्रमित, १९९४ जना संक्रमणमुक्त

काठमाण्डु टुडे २०७८ साउन १९ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, १९ साउन– देशभर पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अवधिमा १९९४ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ जनाको मृत्यु भएको जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख २ हजार ९७ र एन्टिजेन परीक्षणमा ६३ हजार ७१८ पुगेको छ । जसमध्ये ६ लाख ६० हजार ११६ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ९२२ जनाको मृत्यु भएको छ ।

हाल संक्रमण दर ९४ प्रतिशत रहेको छ अर्थात देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७१८ जनाको नमुना परीक्षण भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us