आइतबार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ साउन १७ गते १२:५३ मा प्रकाशित

काठमाण्डु, १७ साउन– साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी  महासंघका अनुसार आज सुन गत शुक्रबारको मूल्यमा प्रतितोला ५०० रुपैयाँले घट्दै ९२ हजार ४०० रुपैयाँमा झरेको हो ।

गत शुक्रबार बजारमा प्रतितोला अधिकतम ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले ने घट्दै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्य भने आइतबार स्थिर रहँदै गत शुक्रबारकै मूल्य एक हजार २८५ रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us