घट्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७८ साउन १० गते ११:३८ मा प्रकाशित

काठमाण्डु, १० साउन– साताको पहिलो दिन नेपाली बजारमा आज सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us