उकालो लाग्दै सुनको मूल्य

काठमाण्डु टुडे २०७८ साउन ५ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, ५ साउन– मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो ।

यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तर यता लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने मंगलबार समेत प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us