सुनको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७८ साउन ४ गते ११:३५ मा प्रकाशित

काठमाण्डु, ४ साउन– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार ६ सयमा रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us