ओलीनिकट सांसद मन्त्री माग्दै बूढानीलकण्ठमा

काठमाण्डु टुडे २०७८ असार ३१ गते १३:५३ मा प्रकाशित

काठमाण्डु, ३१ असार– एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट एकजना सांसद आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका छन् ।

देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट एकजना एमाले सांसदले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेका छन् ।

बूढानीलकण्ठ पुगेका ती एमाले सांसदले देउवालाई भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’

बूढानीलकण्ठ स्रोतले ओली पक्षका पूर्वमन्त्री देउवा निवासमा आएको पुष्टि गर्यो । तर, गोपनीयताका कारण उनको नाम भने ‘एक्स्पोज’ नगरिदिन आग्रह गर्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us