माओवादीले पायो उपप्रधानसहित गृह मन्त्रालय, को–को बन्दैछन् मन्त्री ?

काठमाण्डु टुडे २०७८ असार २९ गते ९:५१ मा प्रकाशित

काठमाण्डु, २९ असार– काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने बैठकले सरकारमा पठाउने नेताहरुको नाममा छलफल गर्ने एक नेताले जानकारी दिए । नेताहरु देव गुरुङ, जनार्दन शर्मा, पम्फा भुसा, हरिबोल गजुरेल लगायत मन्त्रीका आकांक्षी छन् ।
देउवाले आज अपराह्न प्रधानमन्त्रीको सपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । श्रोतका अनुसार माओवादीले उपप्रधानसहित गृहमन्त्रालय पाउने सहमति छ । बैठकले कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री बन्ने भन्नेबारे निर्णय गर्ने माओवादी केन्द्रले जनाएको छ ।

सर्वोच्च अदालतले सोमबार संसद पुनस्र्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us