सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ असार २७ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, २७ असार– साताको पहिलो दिन सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार चार सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन ९१ हजार नौ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us