काठमाण्डु, २३ असार– नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ३ सय रुपैयाँले बढेर ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
हिजो तेजाबी सुन ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १३ सय ३० रुपैयाँमा नै कारोबार भएको थियो ।