बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डु टुडे २०७८ असार २२ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २२ असार– नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला तीन सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तीन सय रुपैयाँले बढेर ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १३ सय २५ रुपैयाँमा नै कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us