सुनचाँदीको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ असार २१ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, २१ असार– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत आइतबारकै कायम हुँदै प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us