बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असार २० गते १२:०१ मा प्रकाशित

काठमाण्डु,२० असार– साताको पहिलो दिन सुनको मूल्य थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

गत शुक्रबार प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, यता चाँदीको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us