४ अंकले नेप्से घट्दा ५ अर्ब ८३ करोडको कारोबार

काठमाण्डु टुडे २०७८ असार १६ गते १६:०५ मा प्रकाशित

काठमाण्डु, १६ असार– नेप्सेमा पुुनः गिरावट आएको छ । अघिल्लो दिन ४७ दशमलव ४९ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुुधबार पुुनः चार दशमलव १३ अंकले घटेर २८ सय २३ दशमलव ८७ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले घटेर पाँच सय २२ दशमलव ३७ अंकमा कायम रहेको छ ।

दुुई सय २० वटा कम्पनीहरुको ६८ हजार एक सय ९२ पटकको कारोबारमा एक करोड ६२ लाख ४८ हजार एक सय कित्ता सेयर खरिद बिक्री भएकोमा कुुल कारोबार रकम पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकोमा सात वटा समूहको सूचक घटेका छन् भने छ वटा समूहको सूचक बढेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव आठ अंकले घटेर १९ सय १९ दशमलव ९१ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय १२ दशमलव ४८ अंकले घटेर १७ हजार ५९ दशमलव ९२ अंकमा झरेको छ ।

यसैगरी आज नेपाल इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता ११ सय ७९ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड ३७ लाख ९५ हजार सात सय ५० रुपैयाँको कारोबार भएको छ । यो आज भएको कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।

यसैगरी होटेल तथा पर्यटन, लघुुवित्त, टे«डिङ, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आज एक सय ३६ दशमलव ९६ अंकले बढेर चार हजार दुुई सय पाँच दशमलव १२ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि पाँच दशमलव ६३ अंकले बढेर १४ हजार एक सय ३९ दशमलव २० अंकमा चढेको छ ।

यीबाहेक जलविद्युुत, फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि बढेका छन् । आज पोखरा फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर छ सय पाँच रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएकोमा खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ३५ प्रतिशतले घटेर दुुई सय ६० रुपैयाँमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us