घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असार १५ गते ११:२१ मा प्रकाशित

काठमाढडु, १५ असार– नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत सोमबारको तुलनामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको हो ।

गत सोमबार बजारमा सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यता तेजाबी सुनको मूल्य समेत आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज मंगलबार पनि एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us