युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

काठमाण्डु टुडे २०७८ असार १४ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, १४ असार– युनियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपिओ) निष्काशनको अनुमति पाएको छ ।

उक्त कम्पनीले आइपिओ निष्काशनका लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको हो । बोर्डले ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ ।

७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणका लागि शेयर बाँडफाँड हुनेछ । आईपीओ निष्काशनका लागि प्रभु क्यापिट बिक्री प्रवन्धक तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us