बिहीबार २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असार १० गते ११:३८ मा प्रकाशित

काठमाण्डु, १० असार– नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।

बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ ।

यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us