बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असार ७ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, ७ असार– सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो ।

गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार रुपैंयामा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ८९ हजार ९५० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य बढिरहँदा यता सोमबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us