साताको पहिलो दिन नै नेप्से घट्यो, १२ अर्ब पनि कारोबार भएन

काठमाण्डु टुडे २०७८ असार ६ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, ६ असार– साताको पहिलो दिन आइतबार नै नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज ६३ दशमलव२ ८ अंकले घटेर २९ सय पाँच दशमलव १४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६१ अंकले घटेर पाँच सय २८ दशमलव ५१ अंकमा पुगेको छ ।

दुई सय ३१ वटा कम्पनीहरुको एक लाख २८ हजार दुई सय ८१ पटकको कारोबारमा दुई करोड ७३ लाख ४४ हजार पाँच सय ११ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार दुई सय ८९ रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us