साताको पहिलो दिन ८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असार ६ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, ६ असार– गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो ।

त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिकतम तीन हजार एक सय रुपैयाँले गिरावट आइसकेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ ।

यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us