मेलम्चीमा फेरि यसअघि भन्दा ठूलो बाढी आयो

काठमाण्डु टुडे २०७८ असार ४ गते २३:०७ मा प्रकाशित

सिन्धुपाल्चोक, ४ असार– मेलम्ची नदीमा शुक्रबार राति फेरि भीषण बाढी आएको छ ।

सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रमा भिषण वर्षात भएका कारण बाढी आएको बताए । मेलम्चीमा १ असारमा आएको बाढीले सयौं घर बगाएको थियो ।

१ असारको भन्दा ठूलो बाढी भएको अधिकारीले जानकारी दिए । यद्यपि जति ठूलो बाढी आए पनि मानिसहरुलाई यसअघि नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षतिको सम्भावना भने न्यून रहेको प्रहरीको भनाइ छ । यसअघिको बाढीले नबगाएका घर बगाउन सक्ने सम्भावना छ ।

सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद एवं पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्चीमा फेरि बाढी आएको बताए । उनले सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई अपिल गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us