११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ असार ३ गते १२:१७ मा प्रकाशित

काठमाण्डु, ३ असार– बिहीबार नेपाली बजारमा सुनको मूल्य अधिकतम ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार गत बुधबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।

गत बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यसो त बिहीबार सुनको मूल्यमा भारी गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घट्न पुगेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us