चन्द्रागिरी र निफ्रासहित ५१ कम्पनीको शेयरमा भएको लगानी जोखिममा

काठमाण्डु टुडे २०७८ असार १ गते २२:५९ मा प्रकाशित

काठमाण्डु, १ असार– चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) चन्द्रागिरि हिल्स, विशाल बजार कम्पनी लिमिटेड, गुराँस फाइनान्स लिमिटेडसहित ५१ कम्पनीका शेयरमा लगानीकर्ताले गरेको लगानी जोखिममा परेको छ ।

नेपाल धितोपत्र बोर्डले अध्ययनका क्रममा ५१ कम्पनीमा गरिएको लगानी जोखिमपूर्ण देखिएको जनाएको हो । जोखिम मूल्यांकन गरेर मात्र लगानी गर्न बोर्डले आग्रह गरेको छ । बोर्डका अनुसार एक वर्षको अवधिमा कम्पनीहरुको मूल्य वृद्धि ३ सय प्रतिशत र सोभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा यी ५१ कम्पनीमा सेयर लगानी जोखिमयुक्त रहेको बोर्डले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us