मंगलबार सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ असार १ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, १ असार– मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो ।

सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्यमा उच्च गिरावट आउदै गर्दा आज सुनको मूल्यमा भने स्थिरता आएको छ । महासंघका

अनुसार आज सुन गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार २०० नै कायम भएको हो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९२ हजार ७०० रुपैयाँ नै कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us