६०० रुपैयाँले बढ्यो सुनमो मूल्य

काठमाण्डु टुडे २०७८ जेठ २८ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ भने, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँ पुगेको छ ।

गत बिहीबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us