प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ जेठ २६ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– बुधबार नेपाली बजारमा सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us