कोरोना महामारीमा शेयर बजारको महत्वपूर्ण भूमिकाः ओली

काठमाण्डु टुडे २०७८ जेठ २५ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको समयमा समेत मुलुकको वित्तीय क्षेत्र एवं समग्र अर्थतन्त्र गतिशील बनाउन शेयर बजारको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको २९औं स्थापना दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै ओलीले पुँजी बजारका गतिविधिले लगानीकर्ताको मनोबल उच्च बनाइराख्न महत्वूर्ण भूमिका खेलेको उल्खेल गरेका हुन् ।
आगामी दिनमा धितोपत्र बोर्डले धितोपत्र बजार र वस्तु विनिमय बजारको विश्वसनीय एवं गतिशील विकास तथा विस्तारमार्फत् मुलुकको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास ओलीको छ ।

ओलीले कोभिड–१९ को महामारीबाट विश्व अर्थतन्त्र नै संकटमा परेका बेला नेपाललाई पनि ‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको ओलीले बताए । उनले कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको उल्लेख गरे ।

तै पनि सरकार आफ्ना सबै स्रोत, साधन तथा संयन्त्रको उच्चतम परिचालनमार्फत जोखिम न्यूनीकरण गर्दै समग्रमा सकारात्मक आर्थिक विकासको बाटोमा अग्रसर रहेको दाबी ओलीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us