आज सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ जेठ १९ गते १२:१५ मा प्रकाशित

काठमाण्डृ, १९ जेठ– बुधबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो ।

यता तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बुधबार प्रतितोला १० रुपैयाँले घट्दै एक हजार ३६० रुपैयाँ कायम भएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us