विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

काठमाण्डु टुडे २०७८ जेठ १८ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, १८ जेठ–विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।

मेसिसिटी अस्पताल स्रोतले भन्यो, ‘अस्पतालबाट आधिकारिक सूचना नल्याइए पनि उहाँको निधन भएकै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us