सुनको मूल्य ९४ हजार ५०० पुग्यो

काठमाण्डु टुडे २०७८ जेठ १८ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, १८ जेठ– नेपाली बजारमा सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा प्रतितोला थप एक सय रुपैयाँले वृद्धि हुँदै मंगलबार सुन अधिकतम ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।

आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ९४ हजार पुगेको छ । महासंघका अनुसार मंगलबार चाँदी मूल्य समेत प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार ३७० रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us