नयाँ बजेट कार्यान्वयनको लागि गृहकार्य शुरु

काठमाण्डु टुडे २०७८ जेठ १८ गते १०:५५ मा प्रकाशित

काठमाण्डु, १८ जेठ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र०७९ को बजेट ल्याएको दुई दिनपछि नै कार्यान्वयनको लागि गृहकार्य शुरु गरेका छन् । बजेटमा उल्लेख भएको कार्यक्रम तथा योजना समयमै शुरु गर्न र चाँडै परिणाम ल्याउन गृहकार्य थालिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयलाई कार्यान्वयनका लागि समय तालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन् । उनको निर्देशन छ, ‘बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौ ।

समयमै कार्यान्वयन गर्न समय तालिकासहित अगाडी बढ्नुहोस् ।’ अर्थसचिव शिशिर कुमार ढुंगानाले बजेट कार्यान्वयन र त्यसको परिणाममा ध्यान दिन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us