नेपाल इराकसँग ६–२ ले पराजित

काठमाण्डु टुडे २०७८ जेठ १६ गते ८:३५ मा प्रकाशित

काठमाण्डु, १६ जेठ– इराकविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाल ६–२ ले गोल अन्तरले पराजित भएको छ ।

इराकको बसरास्थित अल फायना रंगशालामा गएराति भएको खेलमा नेपाल इराकसँग फराकिलो अन्तरले पराजित भएको हो । पहिलो हाफमा नेपाल र इराकको गोलअन्तर ४–२ थियो । खेलको नवौं मिनेटमा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।

दोश्रो गोल भने खेलको २९ औं मिनेटमा मनिश डाँगीले गरे । राष्ट्रिय टिमबाट पहिलोपटक खेलेको मनिशको यो डेब्यु गोल थियो । दोश्रो हाफमा इराकले दुई गोल गर्दा नेपालका तर्फबाट थप गोल हुन सकेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us