बुधबार सुनचाँदीको मूल्य यथावत

काठमाण्डु टुडे २०७८ जेठ १२ गते ११:५७ मा प्रकाशित

काठमाण्डु, १२ जेठ–   आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो ।

महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको छ ।  त्यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us