बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ जेठ १० गते ११:१४ मा प्रकाशित

काठमाण्डु, १० जेठ– सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यता चाँदी भने गत आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ मात्र वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us