बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ जेठ ९ गते १२:०० मा प्रकाशित

काठमाण्डु, ९ जेठ– बजारमा हप्ताको दिन आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यता चाँदी तर्फ भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us