घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ जेठ ७ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– शुक्रबार सुनको मूल्य पुनः गत बुधबारको मूल्यमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घट्दै ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो ।

जबकी गत बुधबारको सोही मूल्यमा ४०० रुपैयाँले बढेर बिहीबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको थियो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ ।

यता, चाँदीको मूल्य भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कामय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us