बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ जेठ ६ गते ११:४८ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन ४०० रुपैयाँले बढेर अधिकतम ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी तर्फ भने बिहीबार समेत प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us