शेयर बजारमा नयाँ रेकर्ड

काठमाण्डु टुडे २०७८ जेठ ४ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– साताको तेश्रो कारोबार दिन मंगलबार सेयर कारोबार मापक नेप्से ४ दशमलब ५९ अंकले वृद्धि भएको छ । कारोबारमा आएका अधिकांश उपसमूहमा हरियाली छाएको छ ।

नेप्से बढेर २ हजार ७ सय ९२ दशमलब ४७ बिन्दुमा पुगेको छ । यो योसँगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । ‘क’ बर्गका कम्पनीको सेयर मापक सेन्सेटिभ इन्डेक्स पनि बढेर ४ सय ९६ दशमलब ८७ बिन्दुमा पुगेको छ ।

बजारसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार ११ अर्ब ३५ करोड रुपैयाभन्दा बढीको कारोबार भएको छ । कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ ।

१ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us