सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डु टुडे २०७८ जेठ २ गते २०:५८ मा प्रकाशित

काठमाण्डु, २ जेठ– सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनमा समान प्रतिलिटर दुई÷दुई रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै काठमाण्डु उपत्यकामा पेट्रोलको मुल्य प्रतिलटिर १ सय २३ तथा डिजेल र मट्टितेलको मूल्य १ सय रुपैयाँ कायम भएको छ । यस्तै आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ कायम भएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जनकारी दिए ।

उपाध्यायका अनुसार खाना पकाउने एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us