आज सुनको मूल्य स्थिर

काठमाण्डु टुडे २०७८ वैशाख ३१ गते ११:०४ मा प्रकाशित

काठमाण्डु,३१ वैशाख– साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
तर, यता चाँदीको मूल्यमा भने शुक्रबार सामान्य गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदी एक हजार ३३० रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us