महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह

काठमाण्डु टुडे २०७८ वैशाख २९ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– कोरोनाको महामारीमा प्रायः जिल्लमा निषेधाज्ञा जारी गरिएको छ । यो अवस्थामा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सवैलाई आग्रह गरेको छ । निर्देशनालयले भनेको छ– ‘लैंगिक हिंसा भएमा प्रहरीको १०० नम्बर बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गरौं ।’

कोभिड महामारीको बीचमा पनि प्रहरीले हिंसा तत्काल सम्वोधन गर्न र गुनासो सुन्ने संयन्त्र विकास गरेको छ । महामारीमा हिंसा बढ्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले सचेत हुन सवैलाई आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us