घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ वैशाख २९ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख– बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । चाँदीको मूल्या भने स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यय आज ९२ हजार रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्यछ ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ । देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।
सामान्य अवस्थामा देशभर दैनिक ३५ किलो सुनको कारोबार हुने गर्दथ्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us