दिनप्रतिदिन सुनको मूल्य बढ्दै

काठमाण्डु टुडे २०७८ वैशाख २८ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– दिनप्रतिदिन सुनको मूल्यमा उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।तर, यता चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा सामान्य गिरावट आएको महासंघले जनाएको छ ।

महासंघका अनुसार गत सोमबार प्रति तोला एक हजार ३६० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा झरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us