सुनको मूल्‍य तोलामा ९२ हजार पुग्यो

काठमाण्डु टुडे २०७८ वैशाख २७ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– बजारमा सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलामा दुई सय रुपैयाँले बढेर सुनको मूल्यम ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्यह तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

यस्तै तेजाबी सुनको मूल्या सोमबार ५१ हजार पँच सय रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य। भने तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो । देशका प्रमुख शहरहरूमा निषेधाज्ञाका कारण सुन चाँदीको कारोबार भने ठप्प प्राय रहेको महासंघले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us